गत २४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित, उपत्यकामा १६२२ जनामा संक्रमण पुष्टि - pharaksandesh.com

मुख्य समाचार


Sunday 1 November 2020

गत २४ घण्टामा थपिए २८२४ नयाँ संक्रमित, उपत्यकामा १६२२ जनामा संक्रमण पुष्टि


काठमाडौं, १६ कात्तिक :
नेपालमा गत २४ घण्टामा २८२४ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा देशभरका प्रयोगशालामा १३०२३ जनाको पीसीआर परीक्षण गर्दा २८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । उपत्यकामा मात्रै १६२२ जना संक्रमित भएका छन् । काठमाडौंमा १३६२, भक्तपुरमा ९६ र ललितपुरमा १६४ जना संक्रमित भए ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३६२० जना डिस्चार्ज भएका छन् । अहिलेसम्म डिस्चार्ज हुनेको संख्या १३४८४२ रहेको छ । नेपालमा निको हुनेको दर ७७.७ प्रतिशत रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.