पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु - pharaksandesh.com

मुख्य समाचार


Thursday 5 November 2020

पछिल्लो २४ घण्टामा थप ३०५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी, १८ जनाको मृत्यु


काठमाडौँ, २० कात्तिक :
पछिल्लो २४ घण्टामा थप ३ हजार ५१ जनामा कारोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभरबाट १३ हजार ६८ जनाको पिसिआर परीक्षण गरिएकोमा ३ हजार ५१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

नेपालमा हालसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएकोमा १ लाख ८५ हजार ९ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौँमा १ हजार ९१, भक्तपुरमा १४७ र ललितपुरमा १६० गरी काठमाडौँ उपत्यकामा १ हजार ३ सय ९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप ३ हजार ४ सय ३० जना कोरोना भाइरसको संक्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना संक्रमणबाट मुक्त भई घर फर्किनेको संख्या १ लाख ४८ हजार ४ सय ८ पुगेको छ । 

नेपालमा निको हुनेको दर ७९.८ प्रतिशत रहेको छ । 

कोरोना भाइरसको संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२ पुगेको छ । 

 हाल, नेपालमा ३६ हजार ५ सय १४ जना सक्रिय सङ्क्रमित छन् । यस्तै, १ हजार २ सय ३२ जना क्वरेण्टीनमा छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.