स्याङ्जा, १८ मङ्सिर : कारोना त्रासको कारण घरभित्रै बसेका सर्बसाधारण यतिबेला घर बाहिरको प्राकृतिक गन्तब्य खोज्न थालेका छन् । अहिले वालिङ नगरपालिकाभित्र रहेको बाहुनथान आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ ।
सिद्धार्थ राजमार्गबाट नजिकै पर्ने भएकोले पारिवारिक घुमघामलाई बाहुनथान आकर्षणको क्षेत्र बनेको हो ।
वालिङ पिङ्क सिटीको मनोरन दृश्य देखिने भएकोले पनि आन्तरिक पर्यटकको रोजाइमा बाहुन्थान परेको पर्यटकहरु बताउँछन।
कोरोना त्रासको कारण घरमै बसेका सर्बसाधारण यतिवेला परिवारसहित नजिकको पर्यटकीय क्षेत्र घुमधाम गर्ने अभ्यास शुरु भएसँगै बाहुनथानमा दैनिक सयौँको संख्यामा पर्यटक बढ्न थालेका हुन् ।
तत्कालिन बाइसे चौबीसे राज्यको गह्रौकोट राज्यका बाघखोरे राजा हिक्मत बहादुर खाँणको अकालमै मृत्यु भएपछि बाघखोरे रानीले यहाँको जग्गा गौचरनको निम्ति छाडेको किंवदन्ती रहिआएको छ ।
यहाँ खाँणहरुले पूजाआजा गर्ने खाँणदेबीको पुजारी बाहुन हुने भएकोले यस श्रेत्रको नाम बाहुनथान रहन गएको हो भन्ने बिश्वास छ ।
ऐतिहासिक महत्व बोकेको यस क्षेत्रबाट देखिने हिमश्रृङ्खलाको दृश्य , प्याराग्लाइडिङ , नागबेली आँधिखोला र वालिङ बजार निकै मनमोहक देखिने कारण यहाँ बिदाको दिन अझै भिडभाड हुने गर्दछ ।
बाहुनथानमा रहेको एउटा मात्रै स्वामीको रुखले पर्यटकलाई लोभ्याउने गर्दछ ।
यस्ता क्षेत्रको प्रबर्दन र संरक्षण गर्न सके आन्तरिक पर्यटनको बृद्धिसँगै वालिङ नगरपालिकाको समृद्धीको आधार बन्न सक्ने स्थानीय जनप्रतिनिधिहरुको ठम्याइ छ ।

No comments:
Post a Comment