प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने - pharaksandesh.com

मुख्य समाचार


Thursday, 3 December 2020

प्रधानमन्त्री ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्ने


काठमाडाैँ, १८ मङ्सिर :
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्नुहुने भएको छ ।

डिसेम्बर ३ र ४ तारिख अर्थात आज र भोलि हुने ३१ औं विशेष महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले महासभाको प्रोटोकल अनुसार प्रधानमन्त्री अ‍ोलीको अडियो र भिडियो रेकर्ड गरेर पठाइसकिएको जानकारी दिनुभयो ।

महासभामा नेपालको समय आएपछि ओलीले सम्बोधन गर्नु हुने लम्सालले बताउनुभयो । प्रधानमन्त्री ओलीले विशेष सम्बोधनमा नेपालमा कोभिड-१९ को महामारी र यसले पारेको प्रभावबारे सम्बोधन गर्ने उल्लेख छ ।

महासभामा अनुभव आदानप्रदानसहित कोभिड–१९ ले विश्वमा पारेको प्रभाव, कोरोना विरुद्धको खोप लगायतका विषयमा छलफल हुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.