डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस


काठमाडौँ, १६ मङ्सिर :
नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयमा साेमबार बसेको बढुवा समितिको बैठकले डिआइजी पोखरेललाई एआइजी बढुवाका लागि सिफारिस गरेको हो । 

समितिले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ९४० को प्रावधानअनुसार बढुवा सिफारिस गरेको हो । बढुवा समितिमा गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रहरी महानिरीक्षक सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने व्यवस्था रहेको छ । बढुवा सिफारिस गरिएका डिआइजी पोखरेल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत हुनुहुन्छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.