प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

प्रदेश नं १ मा थप २२६ जना कोरोना सङ्क्रमित, १०२ निको भए


विराटनगर, १६ मङ्सिर :
प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा यो प्रदेशमा एक हजार ५३ जनाको पिसीआर परीक्षण गरिएकामा ९० महिलासहित २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सङ्क्रमित हुनेमा मोरङका ७६ मध्ये विराटनगरमा ४९, सुनसरीका ४८, झापाका ४५, ताप्लेजुङका २१, उदयपुरका नौ, इलाम र धनकुटाका पाँच/पाँच, सङ्खुवासभा, तेह्रथुम, भोजपुर र पाँचथरका एक÷एक र प्रदेश बाहिरका १३ जना रहेका छन् । 

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या २७ हजार २६२ पुगेको छ । प्रदेशमा आज १०२ जना सङ्क्रमित उपचारपछि निको भएर घर फर्केका छन् । योसँगै उपचारपछि निको हुनेको सङ्ख्या अहिलेसम्म २२ हजार २८५ पुगेको छ । प्रदेशमा अहिलेसम्म एक लाख ९१ हजार ४२६ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.