काठमाडौं, ३० मंसिर : आकस्मिक मन्त्रिपरिषद्
बैठक सुरु भएको छ । मंगलबार बिहान साढे ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
मंगलबार बिहान संवैधानिक परिषद्को बैठक बसेको थियो । तर सो बैठकमा सभामुख अनुपस्थित भएलगत्तै बैठक स्थगित भएको थियो । उक्त बैठक स्थगित भएलगत्तै प्रधानमन्त्री ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । उक्त बैठकले पूरानो अध्यादेशलगायत विषयमा छलफल गरिरहेको एक मन्त्रीले जानकारी दिए ।

No comments:
Post a Comment