फर्कियो उच्चस्तरीय चिनियाँ टोली - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

फर्कियो उच्चस्तरीय चिनियाँ टोली


काठमाडाैँ, १५ पुस :
चारदिने नेपाल भ्रमणमा आएको उच्चस्तरीय चिनियाँ टोली आज स्वदेश फर्किएको छ । 

गत आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोली चार्टर्ड विमानमार्फत आज बुधबार बिहान स्वदेश फर्केको हो । 

चारदिने भ्रमणमा यस टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओलीलाई भेटेको थियो । 

त्यसैगरी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल, माधवकुमार नेपाललाई पनि यस टोलील भेटेर छलफल गरेको थियो । 

ओली, दाहाल र नेपालसँगको भेटमा नेकपामा देखापरेको विवादलाई मिलाउनेतर्फ यस टोलीले सुझाब दिएको स्रोतले जनाएको छ । 

साथै प्रचण्ड–नेपाल समूहका नेता झलनाथ खनालसँग पनि यस टोलीले भेट गरेको थियो । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि निवासमै पुगेर चिनियाँ टोलीले भेटघाट गरी छलफल गरेको थियो । 

सत्तारुढ दल नेकपामा फुट आएपछि दलको एकताको सन्देश बोकेर उच्चस्तरीय चिनियाँ टोली नेपाल आएको थियो । 

यस भ्रमणलाई केहीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भएको भनेर पनि आलोचना गरेका छन् । तर, चीनले भने नेपालप्रति हस्तक्षेप नभई सदभावका लागि मात्र भ्रमण भएको जनाएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.