पछिल्‍लो राजनीति घटनाले प्राप्त उपलब्धी नै गुम्‍ने खतरा पैदा भयो : प्रचण्ड - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 30 December 2020

पछिल्‍लो राजनीति घटनाले प्राप्त उपलब्धी नै गुम्‍ने खतरा पैदा भयो : प्रचण्ड


काठमाडौं, १५ पुस :
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी नै गुम्‍ने हो कि भन्‍ने खतरा पैदा भएको बताउनुभएकाे छ । पछिल्‍ला राजनीतिक घटनाक्रमले जनताको त्याग र संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी र निरंकुशतावादीहरू सल्बलाएको उहाँले बताउनुभएकाे छ ।

तमू (गुरुङ) समुदायको तमू ल्होछार/ल्होसार, किरात समुदायको उधौली र योमरी पुन्हिको अवसरमा प्रचण्डले जारी गर्नुभएकाे विज्ञप्‍तिमा भनिएको छ ‘यतिखेर जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धी कुण्ठित गर्न प्रतिक्रियावादी, सामन्ती, निरंकुशतावादीहरु सल्बलाउन थालेका छन् । पछिल्‍ला राजनीतिक घटनाक्रमले नेपाली जनताको त्याग र संघर्षबाट प्राप्‍त उपलब्धी नै गुम्‍ने हुन् कि भन्‍ने खतरा पैदा भएको छ ।'

आ-आफ्नै परम्परा र संस्कृतिका रुपमा मनाइँदै आएका यी चाडपर्वहरु यो वर्ष कोरोना भाइरस (कोभिड-१९) को महामारीलाई मध्यनजर गर्दै पूर्व सावधानीका उपाय अवलम्बन गर्दै मनाउन प्रचण्डले आग्रह गर्नुभएकाे छ ।

उपलब्धी गुम्‍न नदिन एकतावद्ध भएर आन्दोलनमा लाग्‍न र आफ्नो पहिचान र अधिकार रक्षार्थ नेपाली जनताले एकपटक पुनः संघर्ष गर्नुपर्ने बेला भएको उहाँले उल्लेख गर्नुभएकाे छ ।


No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.