पहिरो रोक्न लगाएको अम्रिसोले आम्दानी दिन थालेपछि दंग छन किसान - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

पहिरो रोक्न लगाएको अम्रिसोले आम्दानी दिन थालेपछि दंग छन किसान


धादिङ, १४ पुस  :
ग्रामिण सडक निर्माणका क्रममा भूक्षय नियन्त्रणका लागि रोपिएको अम्रिसो दक्षिणी धादिङका विपन्न बर्गका मानिसहरुलाई आम्दानीको राम्रो श्रोत बनेको छ ।

सडक छेउछाउमा रोपिएको अम्रिसो फुल्न थालेपछि त्यसको कुचो विक्रिबाट उनिहरुले आम्दानी गर्न थालेका हुन् ।

वर्षाका कारण नयाँ सडकहरुमा पहिरो जाने र माटो बगाउने समस्या आउन थालेपछि दक्षिणी धादिङस्थित दोभानखर्कका स्थानीयहरुले आँफैले अम्रिसो रोपेको थिए ।

अहिले त त्यसले आम्दानीसमेत दिन थालेको भन्दै अम्रिसोको ब्यापारमा स्थानीय लागेका छन ।

अम्रिसो कुचोको रुपमा निकै प्रयोग हुने र माग पनि बढ्न थालेपछि खेर जाने गरेको अम्रिसोको फुल प्रयोगमा ल्याउन थालिएको उनीहरु बताउँछन।

त्यसो त पशुपालनमा पनि यसले निकै सहयोग पुगेको छ ।
घाँस निकै पोषिलो हुने भएकोले बाख्रापालक किसानहरुलाई अम्रिसोबाट दोहोरो फाइदा पुगेको छ ।

ग्रामिण सडकको डिलमा र खेर गएको भिरालो जमिनमा अम्रिसो राम्रोसँग फस्टाएको छ ।
दुईवर्ष अघिदेखि आम्दानी लिन थालेका यस क्षेत्रमा स्थानीयले अम्रिसोलाई नगदे बाली जस्तै भएको बताउँछन ।

आम्रिसोको कुचो बनाई प्रति गोटा पचास रुपैँयामा घरबाटै विक्रि हुने गरेको स्थानीय बताउँछन ।

अम्रिसोबाट पचास हजारदेखि एक लाखसम्म बार्षिक आम्दानी गर्ने गरेको स्थानीयहरुको अनुभव छ ।

रोपेपछि आम्दानी लिन त्यती धेरै मिहिनेत गर्नु नपर्ने र बहुपक्षीय फाइदा हुने अम्रिसो खेतीतर्फ किसानको पनि आकर्षण बढ्दै गएको छ।

गजुरी गाउँपालिकाको विकट मानिने दोभावखर्क,बाङ्गे पाखुरेका स्थानीयहरुले अहिले अम्रिसोलाई आम्दानीको श्रोत बनाई ब्यवसायिक खेती गर्न थालेका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.