विसं. २००२ साल पुस १४ गते जन्मिनु भएका बीरेन्द्र शाहको २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो ।
नेपाली जनमानसमा उदारवादी र विकासवादी राजाको छवी बनाउनु भएका स्वर्गीय राजा बीरेन्द्रकै समयमा २०४६ सालमा नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो ।
नेपाली जनताबीच निकै प्रीय मानिनुहुने दिवंगत राजा बीरेन्द्रसहित उहाँको वंश विनाश हुने गरी जेठ १९ मा नारायणहिटी दरवारभित्रै हत्याकाण्ड मच्चाइएपछि नेपाली धर्तीबाट राजतन्त्रको अन्त्य हुने प्रक्रिया शुरु भएको बताइन्छ ।
उहाँकै कार्यकालमा पहिलो पटक २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत संग्रहको घोषण गरिएको थियो । यद्यपि, जनमत संग्रहको परिणामलाई तात्कालीन सरकारको नेतृत्व गर्नेहरुले तलमाथि पारेको भन्ने टीकाटिप्पणी नभएका होइनन् । जनभावना अनुसार राज्य सञ्चालन गर्नुपर्छ भन्ने मान्यता बोक्नुहुने दिवंगत राजा बीरेन्द्रको सुझबुझकै कारण २०४६ को आन्दोलनमा जनताको जीत भएको थियो ।
नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो । २०५८ साल जेठ १९ गते भएको उक्त कहालीलाग्दो हत्याकाण्डबारे छानबीन आयोगले विवरण बाहिर ल्याएपनि जनताले भने अझै पत्याउन सकेका छैनन् ।
जीवनी
नेपालका दशौँ शाहवंशीय राजा हुनुहुन्थ्याे स्वर्गीय राजा वीरेन्द्र। उहाँले वि.सं. २०२८ देखि वि.सं. २०५८ सम्म नेपालमा शासन गर्नुभएकाे थियाे। उहाँका तीन जना सन्तान युवराज दीपेन्द्र शाह, अधिराजकुमारी श्रुति शाह तथा अधिराजकुमार निराजन शाह हुनुहुन्थ्याे । राजा वीरेन्द्रका दुई भाइ हुनुहुन्थ्याे, धिरेन्द्र शाह र ज्ञानेन्द्र शाह। धिरेन्द्रको राजदरवार हत्याकाण्डमा मृत्यु भएको थियो।
राजा वीरेन्द्रको जन्म वि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो। उहाँको प्रारम्भिक शिक्षा दरवारमा नै भयो। माध्यमिक शिक्षा भारत दार्जीलिङको सेन्ट जोसेफ कलेजबाट पूरा गरेपछि उहाँले बेलायतको इटन कलेजमा पढ्नुभएकाे थियाे । पछि जापान तथा अमेरिकामा पनि उहाँले थप अध्ययन गर्नुभएकाे थियाे । राजा वीरेन्द्रको विवाह वि.सं. २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो।
पञ्चायत कालको उत्कर्षका बेला वि.सं. २०२८ मा बाबु राजा महेन्द्रको निधनपछि उहाँ राजा हुनुभएकाे थियाे।
- राज्याभिषेक २०३१
- शान्तिक्षेत्र प्रस्ताव
- जनमत सग्रह वि.सं. २०३७
- दक्षिण एसियाली क्षेत्रीय सहयोग सगठन (सार्क)को स्थापना वि.सं. २०४२
- बहुदल घोषणा वि.सं. २०४६
- गद्दी आरोहण राहत महोत्सव वि.सं. २०५३
राजा वीरेन्द्रकै समयमा वि.सं. २०३७ सालमा जनमत सङ्ग्रह र जनआन्दोलन २०४६ बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो। पहिलो पटक वि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न जनमत सङ्ग्रहको घोषणा गरिएको थियो। नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढङ्गले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भएको थियो।
राजा वीरेन्द्रकाे वि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो।

No comments:
Post a Comment