हुम्लाको ‘लिमी’ पर्यटन गाउँमा छनौट - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

हुम्लाको ‘लिमी’ पर्यटन गाउँमा छनौट


हुम्ला, १४ पुस :
नाम्खा गाँउपालिका-६ नम्बर मा पर्ने लिमी गाउँलाई पर्यटन गाँउका रुपमा छनौट गरिएको छ ।

पर्यटन प्रर्वद्धनलाई ग्रामिण स्तरमा पुर्‍याएर दिगो आय आर्जनको माध्यम बनाउनका लागि यस्तो नीति तय गरिएको हो ।

पर्यटन गाउँ छनौटका लागि वन डिभिजन कार्यालय हुम्लाले गाउँपालिका अध्यक्षहरु,प्रमुख जिल्ला अधिकारी जिल्ला समन्वय प्रमुख तथा अन्य सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेर कर्णाली प्रदेशका दश जिल्लाबाट १/१ गाउँको छनौट गरेर पठाउन पर्ने प्रावधान अनुसार यस्तो निर्णय गरिएको वन डिभिजन कार्यालय हुम्लाका निमित्त कार्यालय प्रमुख निरज झाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७७/०७८ मा सांस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तय गरेको पर्यटन प्रर्वद्धन कार्यक्रम अनुसार हुम्लाको प्राकृतिक, साँस्कृतिक तथा जैविक क्षेत्रका रुपमा परिचित लिमी क्षेत्रलाई सबैको सहमतिले पर्यटन गाउँका रुपमा छनौट गरिएको हो ।

कर्णाली प्रदेशका दश जिल्लाबाट गएको जानकारीलाई विश्लेषण गरेर एक नमुना पर्यटकीय गाउँ छनौट भएको हो । यसबाट ग्रामीण पर्यटनको आधार बन्ने नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले बताउनुभयो ।

कर्णाली प्रदेशबाट लिमीलाई पर्यटकीय गाउँका रुपमा छनौट भएपछि सांस्कृतिक तथा प्राकृतिक पर्यटनको नमुनाका रुपमा विकास र विस्तार हुन सक्ने स्थानीयबासीले आशा गरेका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.