साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

साउदी अरबकी महिला अधिकारकर्मीलाई जेल सजायको फैसला


काठमाडाैँ, १४ पुस :
साउदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको हो ।

उहाँलाई आतङ्कवादसम्वन्धी अपराधमा सम्लग्न भएको आरोप लगाइएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ती महिला अधिकारकर्मीले आतङ्वाद विरुद्धको कानुन उलङ्घन हुनेगरी धेरै गतिविधिहरु गरेको सरकारी पक्षको दावी छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.