प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

प्रदेश १ का आर्थिक मामिला मन्त्री बर्खास्त


विराटनगर, १२ पुस :
मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६९ को (२) (ख) बमोजिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोलाई पदमुक्त गर्नुभएको छ ।

मुख्यमंत्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले आङ्बोलाई बर्खास्त गरेको जानकारी दिनुभयो । आङ्बोले २ वर्ष १० महिना काम गर्न दिएकोमा मुख्यमन्त्री राईलाई धन्यवाद दिनुभएको छ ।

नेकपा दुई समूहमा विभाजित भएपछि त्यसको असर प्रदेश सरकारमा पर्न थालेको छ । मुख्यमन्त्री राई पूर्वएमाले र आङ्बो पूर्वमाओवादी हुनुहुन्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.