चिनियाँ उप-मन्त्रीसहितको टोली नेपाल आउँदै : नेकपाका नेताहरुसँग भेटघाट गर्ने - pharaksandesh.com

मुख्य समाचार


Sunday 27 December 2020

चिनियाँ उप-मन्त्रीसहितको टोली नेपाल आउँदै : नेकपाका नेताहरुसँग भेटघाट गर्ने


काठमाडाैँ, १२ पुस :
चिनियाँ उप-मन्त्रीसहितको टोली आज नेपाल आउने भएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपामा राजनीतिक संकट गहिरिँदै गएका बेला चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वको टोली आज काठमाडाैँ आउन लागेको हो ।

टोली बेइजिङबाट छङ्तुको बाटो हुँदै दिउँसो काठमाडाैँ आइपुग्ने कार्यक्रम छ । तर भ्रमणबारे चिनियाँ दूतावास र नेपाल सरकारले थप जानकारी गराएका छैनन् । उपमन्त्री गुओसहित ४ जनाको टोलीले नेकपाका शीर्ष नेताहरुसँग भेटघाट गर्नेछन् ।

नेकपामा विभाजन आएपछि चिनियाँ कम्युनिष्ट पार्टीले चासो र चिन्ता व्यक्त गरेको छ । नेकपा विभाजनपछि यसअघि चिनियाँ राजदूत होउ यान्छीले राष्ट्रपति, प्रधानमन्त्रीका साथै नेकपाका शीर्ष नेताहरुलाई भेट गर्नुभएको थियो । भेटमा उहाँले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा जानकारी लिनुभएको थियो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.