ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा 'व्यापक क्षति' पुर्‍यायाे : बाइडेन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 29 December 2020

ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा 'व्यापक क्षति' पुर्‍यायाे : बाइडेन


काठमाडाैँ, १४ पुस :
अमेरिकाको राष्ट्रपतीय चुनावमा निर्वाचित जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकाको सुरक्षा निकायमा व्यापक क्षति पुर्‍याएकाे बताएका छन् ।

आफ्नो टोलीले रक्षा मन्त्रालयसहित अन्य विभिन्न निकायबाट आवश्यक पर्ने सूचना नपाएको बाइडेनले बताएका छन् । बाइडेनले राष्ट्रिय सुरक्षा अनि विदेश नीति हेर्ने सल्लाहकारहरूसँग छलफल गरेपछि त्यस्तो बताएका बीबीसीले जनाएको छ ।

बाइडेनले अमेरिकाका राष्ट्रपतिका रूपमा आउँदो जनवरी २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर राष्ट्रपति डोनल्ड ट्रम्पले भने अहिलेसम्म पनि हार स्वीकार गर्नुभएको छैन । अमेरिकामा गएको महिना राष्ट्रपतीय चुनाव भएको थियो ।

नाेभेम्बरमा भएकाे चुनावपछि बाइडेनलाई सुरक्षा निकायसँग साक्षात्कार गर्न अवराेध गरिँदै आएकाे छ तर याे एक राष्ट्रपति पद हस्तान्तरणकाे एक अनिवार्य र सामान्य रूपमा नियमित हिस्सा हाे । 

साेमबार बाइडेनकाे टिप्पणीपछि कार्यवाहक रक्षा सचिव क्रिस्टाेफर मिलरले भने, 'अधिकारीहरू सङ्क्रमण गतिविधिकाे समर्थन गर्नकाे लागि अत्यन्त व्यावसायिकताका साथ काम गरिरहेका थिए ।' 

उनले भने, 'रक्षा विभागले चार सयभन्दा धेरै अधिकारीहरूसँग एक सय ६४ पटक साक्षात्कार आयाेजित गरिएकाे ५ र पाँच हजारभन्दा धेरै पृष्ठकाे दस्तावेज प्रदान गरेका छाैँ ।'

पेन्टागनले बाइडेनकाे टिमसँग पूर्ण पारदर्शी तरिकाबाट काम गर्ने एक प्रवक्ताले बताए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.