चिनियाँ प्रतिनिधिमण्डल र माधव नेपालबीच एभरेष्ट होटलमा भेटवार्ता - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

चिनियाँ प्रतिनिधिमण्डल र माधव नेपालबीच एभरेष्ट होटलमा भेटवार्ता


काठमाडौं, १३ पुस :
नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपाल र चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोलीबीच भेटवार्ता भएको छ । चिनियाँ टोली नेपाल आएलगत्तै उच्चस्तरीय भेटवार्तामा लागेको हो ।

सो टोलीले बिहान नौ बजेदेखि साढे दश (डेढ घण्टा) बजेसम्म नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको थियो । प्रचण्डसँगको भेटपछि चिनियाँ टोलीले नेपाललाई भेटेको हो । नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो । यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी,बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको थियो । त्यसैगरी प्रचण्डलाई भेट्न उहाँकै निवास खुमलटार पुगेको टोली लगत्तै बानेश्वरस्थित एभरेष्ट होटल पुगेको थियो । 

नेकपामा विवाद संसद विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री गुओ येझाउ नेतृत्वको टोली आइतबार नेपाल आएको हो । 

आइतबार काठमाडौं उत्रिएलगत्तै उक्त टोलीले दूतावासमा ब्रिफिङ लिएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर छलफल गरिसकेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.