चिनियाँ प्रतिनिधिमण्डल उच्चस्तरीय भेटघाटमा - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

चिनियाँ प्रतिनिधिमण्डल उच्चस्तरीय भेटघाटमा


काठमाडौं, १३ पुस :
नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली आज उच्च स्तरीय भेटवार्तामा व्यस्त छ।

चिनियाँ सो टोलीले प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च स्तरीय नेताहरुसँग भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग वालुवाटारमा चिनियाँ टोलीले शिष्टाचार भेट गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको छ ।

यसैगरी, राष्ट्पति विद्यादेवी भण्डारीसँग पनि चिनियाँ टोलीले भेटवार्ता गरेको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्पतिसँग हिजो भेटवार्ता गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.