कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क लिनेलाई कारबाही गरिने


काठमाडाैँ, २२ मङ्सिर :
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ को बहानामा बिरामीसँग अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले केही निजी अस्पतालले कोभिड-१९ को बहानामा बिरामीबाट अतिरिक्त शुल्क लिने गरेको पाइएकाले त्यस्तो अतिरिक्त शुल्क नलिन निर्देशन दिनुभएको हो । उहाँले बिरामीसँग अतिरिक्त शुल्क लिएको पाइएमा त्यस्ता अस्पताललाई कानुनअनुसार कारबाही गरिनेसमेत बताउनुभयो ।

'कोभिड-१९ को सन्दर्भमा केही निजी अस्पतालले सबै किसिमका सेवामा कोभिड-१९ को बहानामा अतिरिक्त शुल्क जोडेर लिने गरेको गुनासो पाइएकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ', उहाँले सूचना जारी गर्दै भन्नुभएको छ, 'कोभिड-१९ को सङ्क्रमणको समस्याले सबैलाई परेको यस्तो कठिन समयमा समेत केही निजी अस्पतालले बहिरङ्ग सेवालगायतका सबै किसिमका सेवामा केही प्रतिशत खर्च जोडेर शुल्क लिने काम नगर्न/नगराउन अनुरोध छ ।'

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.