७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि - pharaksandesh.com

मुख्य समाचार


Monday, 7 December 2020

७२ अङ्कको वृद्धिसँगै शेयर बजारमा हरियाली, नेप्से २ हजार विन्दुमाथि


काठमाडाैँ, २२ मङ्सिर :
आज शेयर बजार झण्डै ७२ अङ्कभन्दा धेरैले बढेको छ । कारोबार भएका सबै समूहको शेयर बढेपछि नेप्से ७२ दशमलव २८ प्रतिशतले बढेर २ हजार ४ दशमलव ३९ विन्दुमा पुगेको हो । 

सोमबार जीवन बीमा समूहको शेयर ६ सय ९८ अङ्कले, निर्जीवन बीमाको ४ सय ५, उत्पादन समूहको २ सय २४, व्यापारको १ सय ३०, माइक्रो फाइनान्सको १ सय २७, जलविद्युतको ९८, अन्यको ८०, होटलको ६० र बैंकिङ समूहको शेयर ३१ अङ्कले बढेको छ । 

सोमबार दुई सय ६ कम्पनीका एक करोड १९ लाख कित्ता शेयर ६ अर्ब ६६ करोड ७९ लाख रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको एक अर्ब पाँच करोड रुपैयाँको कारोबार भएको छ । 

सोमबार रसुवागढी हाइड्रो र नारायणी विकास बैंकका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । तर समग्र बजार बढे पनि एनआईसी एसिया डिबेञ्चरका लगानीकर्ताले दुई प्रतिशत गुमाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.