नेकपा सचिवालय बैठक आज बस्दै - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

नेकपा सचिवालय बैठक आज बस्दै


काठमाडौं, १६ मङ्सिर :
नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री समेत रहनुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअघिको बैठकमा पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम छ ।

मंसिर ३ गतेको बैठकमा प्रस्तुत प्रस्तावको अध्ययन गरी आवश्यक छलफल तथा गृहकार्य समेत गरेर आज बस्ने बैठकमा छलफल हुने बताइएको छ ।

यसअघिको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ दिनुहुँदै कात्तिक २८ गतेको सचिवालय बैठकमा प्रस्तुत गरिएको प्रस्ताव अस्वीकार गर्दै फिर्ता लिन आग्रह गर्नुभएको थियो । बैठक आज १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने कार्यक्रम छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.