नेकपाको सचिवालय बैठकमा ओलीको प्रस्तावमाथि प्रचण्डले बुँदागत रूपमा जवाफ दिने - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

नेकपाको सचिवालय बैठकमा ओलीको प्रस्तावमाथि प्रचण्डले बुँदागत रूपमा जवाफ दिने


काठमाडाैँ, १६ मङ्सिर :
सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । 

दिउँसो १ बजे बालुवाटारमा बस्ने बैठकमा नेकपाका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । विवाद समाधानका लागि अहिलेसम्म सहमति नभएको र औपचारिक तथा अनौपचारिक छलफल पनि नभएका कारण दुवै पक्षले आ–आफ्ना बटमलाइन प्रस्तुत गर्ने तयारी गरेका छन् ।

आजको बैठकमा अध्यक्ष ओलीले पेस गरेको जवाफी प्रस्तावमाथि अर्का अध्यक्ष प्रचण्डले बुँदागत रूपमा जवाफ दिने तयारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ । गएको १३ गतेको बैठकमा ओलीले प्रचण्डको प्रस्तावको जवाफ दिनु भएको थियो ।

आज त्यही प्रस्तावमाथि प्रचण्डले जवाफ दिन लाग्नु भएको हो । स्रोतका अनुसार प्रचण्डले ओलीको राजीनामा माग्ने सम्भावना पनि छ । नेकपा भित्र दुई अध्यक्षबीच आरोप प्रत्यारोप बढ्दै गर्दा आजको सचिवालय बैठकलाई महत्वका साथ हेरिएको छ । नेताहरुका अनुसार दुई अध्यक्षको प्रतिवेदनलाई थाती राखेर संयुक्त प्रस्तावको लागि सहमति जुटाउने प्रयास पनि हुनेछ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.