नेकपाको स्थायी समिति बैठक बस्दै - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

नेकपाको स्थायी समिति बैठक बस्दै


काठमाडौं, १ पुस :
नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक आज बस्दैछ ।

आज अपरान्ह १ बजे बालुवाटारमा पूर्वनिर्धारित कार्यक्रम अनुसार नै बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका दुई अध्यक्षहरुले सचिवालयमा एक-आपसमा आरोप प्रत्यारोपसहित प्रस्तुत गर्नुभएका पत्रहरुका बारेमा छलफल हुने कार्यक्रम छ ।

यसबाहेक हिजो मात्र सरकारले ल्याएको अध्यादेशका बारेमा पनि छलफल हुने पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपालटीभी अनलाइनलाई जानकारी दिनुभयो ।

सरकारले हिजो ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशलाई नेकपाकै शीर्ष नेतृत्वले विरोध गरेको छ।

पछिल्लो समय पार्टीभित्रको आन्तरिक विवाद चर्किरहँदा समाधानका लागि जारी पार्टीको स्थायी समितिको बैठकमा नयाँ विवादको विषयले प्रवेश पाउने भएपछि नेकपाको विवादले कुन रुप लिने हो भन्ने जिज्ञासा सर्वत्र देखिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.