नेपाल र चीनका राष्ट्रपतिको सन्देश : दुई देश नजिकका मित्र हुन्, सम्बन्ध थप प्रगाढ हुनेछ - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

नेपाल र चीनका राष्ट्रपतिको सन्देश : दुई देश नजिकका मित्र हुन्, सम्बन्ध थप प्रगाढ हुनेछ


काठमाडाैँ, २३ मङ्सिर :
सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर कायम भएको छ । नेपाल र चीनले मङ्गलबार संयुक्त रुपमा गरेको घोषणाअनुसार सगरमाथाको नयाँ उचाइ आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर अग्लो छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीको सहभागितामा दुई देशको संयुक्त भर्चुअल समारोहमार्फत सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको हो । अहिलेसम्म सगरमाथाको उचाइ आठ हजार आठ सय ४८ मिटर मानिएको थियो ।

गएको वर्ष चीनका राष्ट्रपति सी जिन पिङ नेपाल आउँदा सगरमाथाको नयाँ उचाइ संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको थियो । उचाइ घोषणा कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सी जिन पिङलाई लेखेको पत्र वाचन गरेर सुनाउनुभएको थियो । पत्रमा नेपाल र चीन नजिकका मित्र भएको र यो मित्रता थप प्रगाढ बन्ने सन्देश उल्लेख छ । नेपाल र चीनले संयुक्त पहल गरेर सगरमाथाको उचाइ लिइएकोमा खुसी लागेको पनि पत्रमा उल्लेख छ ।

यस्तै चिनियाँ विदेशमन्त्री वाङ यीले पनि राष्ट्रपति सी जिन पिङले लेखेको पत्र पढेर सुनाउनुभएको छ । राष्ट्रपति सीले चीन र नेपालबीचको सम्बन्ध सगरमाथाको उचाइ जत्तिकै अग्लो रहेको बताउनुभएको छ । चीन र नेपालका नागरिकबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने राष्ट्रपति सीको विश्वास छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.