जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन


जनकपुर, २३ मङ्सिर :
जनकपुर विमानस्थलमा निर्माण गरिएको नयाँ टर्मिनल भवनको उद्घाटन भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जनकपुर विमानस्थलको नयाँ टर्मिनल भवनको उद्घाटन गर्नु भएको हो । जनकपुरलाई क्षेत्रीय विमानस्थलको रुपमा विकास गर्ने परिकल्पनाअनुसार नयाँ टर्मिनल भवनमा नेपालमै पहिलो पटक नयाँ प्रविधिको प्रयोग गरिएको पनि विमानस्थलले जनाएको छ ।

जनकपुर विमानस्थलमा धावन मार्ग र पार्किङ स्थल फराकिलो बनाइएको छ भने वारुण यन्त्र र एक्सरे मेसिनसहितका संरचना पनि थपिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.