कांग्रेसद्वारा संसद् बैठक माग - pharaksandesh.com

मुख्य समाचार


Saturday, 5 December 2020

कांग्रेसद्वारा संसद् बैठक माग


काठमाडौं, २० मङ्सिर :
नेपाली कांग्रेसले राष्ट्रिय रूपमा उठेका तथा देश र जनताका ज्वलन्त विषयमा छलफल गर्नका लागि सङ्घीय संसद्को बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसमक्ष माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले तनहुँमा प्रहरी प्रशासनबाट दमनकारी व्यवहार भएको, कोभिड-१९ को नियन्त्रण र उपचारमा सरकारले उदासीनता देखाएको तथा स्वास्थ सामग्री खरीदमा भ्रष्टाचार भएको आरोप लगाउँदै त्यसविरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टीले यही मङ्सिर २९ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने निर्णय गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.