हुम्लामा जीप दुर्घटनाः ४ को मृत्य ७ जना घाइते - pharaksandesh.com

मुख्य समाचार


Saturday, 5 December 2020

हुम्लामा जीप दुर्घटनाः ४ को मृत्य ७ जना घाइते


हुम्ला, २० मङ्सिर :
हुम्लाको डाडाफयाको जबुका नजिकै गएराती जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । लु २ च २१०२ नंम्बरको बलेरो दुर्घटनामा एक बालकसहित ७ जना घाईते भएका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाडाफयामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका हुम्लाले जनाएको छ ।

बलेरो जिप मुल सडकभन्दा करिब ६ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.