१ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै काँग्रेस - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

१ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्दै काँग्रेस


काठमाडौं, १३ पुस :
नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटनको विरोधमा आज देशका १ सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दैछ ।

प्रतिनिधिसभाको विघटन भई बैशाख १७ र २७ मा निर्वाचन घोषणा भएपछि नेपाली कांग्रेसले त्यसको विरोध गर्दै आएको छ ।

पार्टी केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णय बमोजिम आज देशका सबै निर्वाचन क्षेत्रमा केन्द्रित विरोध कार्यक्रम आयोजना हुने सो पार्टीले जनाएको छ ।

विरोध सभामा नेपाली काँग्रेसका केन्द्रीय नेताहरुले सम्बोधन गर्नुहुने पनि सो पार्टीले जनाएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरको विरोध सभालाई सम्बोधन गर्नुहुनेछ ।

यसैगरी बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँका दुई वटा निर्वाचन क्षेत्रमा हुने अलग अलग बिरोध कार्यक्रममा सम्बोधन गर्नुहुनेछ ।

केन्द्रीय समितिमा छलफल हुँदा १ सय ६५ निर्वाचन क्षेत्रमा गत निर्वाचनमा निर्वाचित वा प्रतिश्पर्धा गर्ने नेताहरुले सम्बोधन गर्ने निर्णय भएको तर जिल्लाको समन्वयमा केही हेरफेर भएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.