पूर्व कप्तान खड्का कोरोना भाइरसबाट सङ्क्रमित - pharaksandesh.com

मुख्य समाचार


Saturday 12 December 2020

पूर्व कप्तान खड्का कोरोना भाइरसबाट सङ्क्रमित


काठमाडौँ, २७ मड्सिर :
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का कोरोना भाइरसबाट सङ्क्रमित हुनुभएको छ । आफू कोरोनाबाट सङ्क्रमित भएको उहाँले सामाजिक सञ्जालमार्फत् जानकारी गराउनुभएको हो ।

पूर्व कप्तान खड्काले शुक्रबार बिहान पीसीआर परीक्षण गराउनु भएको हो । आजै उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पूर्व कप्तान खड्का शनिबारदेखि चितवनमा सञ्चालन हुने गौतम वुद्ध कप क्रिकेट प्रतियोगिताको तयारीमा रहनुभएको थियो । कोरोना पुष्टि भएपछि उहाँले उक्त प्रतियोगिता गुमाउने अवस्था बनेको छ । हाल उहाँ चिकित्सकको सल्लाहअनुसार होम आइसोलेशनमा बस्नुभएको छ ।

उहाँले आफ्नो श्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउनुभएको छ । यसअघि नेपाली क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, उपकप्तान दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल र बसन्त रेग्मी कोरोना भाइरसबाट सङ्क्रमित भइसक्नुभएको छ । उहाँहरु क्रिकेटको बन्द प्रशिक्षणकै क्रममा सङ्क्रमित हुनुभएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.