युगअनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

युगअनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न सञ्चारमन्त्रीकाे आग्रह


ललितपुर, १३ पुस :
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आधुनिक युग अनुसार सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभएकाे छ  ।

नेवाः पत्रकार राष्ट्रिय दबूले सोमबार ललितपुरमा आयोजना गरेको सत्यनारायण बहादुर श्रेष्ठको १०५ औं स्मृति सभामा बोल्दै उहाँले आधुनिक युग सुहाउँदो सञ्चार क्षेत्रको विकासमा लाग्न पत्रकारहरुलाई आग्रह गर्नुभएकाे हाे ।

मन्त्री गुरुङले नेपालको सञ्चार, सूचना र प्रविधिको क्षेत्रमा संस्थागत विकास गर्न स्वर्गीय सत्यनारायण बहादुर श्रेष्ठले दुुरदृष्टि राखेको उल्लेख गर्दै स्वर्गीय श्रेष्ठले नेपालको पत्रकारिता क्षेत्रमा पुर्‍याएको योगदानको उल्लेखनीय रहेको बताउनुभयाे  । 

सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले २००८ सालमै नेपाल पत्रकार महासंघको स्थापना गरेर स्वर्गीय श्रेष्ठले नेपालको प्रजातान्त्रिक आन्दोलन र पत्रकारिता क्षेत्रको विकासमा पुु¥याएको योगदानको स्मरण गर्नुभयाे ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबूूका अध्यक्ष सूरबीर बज्राचार्यले स्वर्गीय श्रेष्ठलाई नै महासंघको संस्थापक अध्यक्ष घोषणा गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराउनुभएकाे थियाे । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.