बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड


काठमाडाैँ, १३ पुस :
काठमाडाैँको बानेश्वरस्थित पठाओको कार्यालयमा तोडफोड भएको छ । केही समययता कम्पनीविरुद्ध आन्दोलित हुँदै आएका राइडरहरुको एक समूहले कार्यालयमा तोडफोड गरेको प्रहरीले बताएको छ । कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता भएर सहमति जुटेको भन्दै निर्णय सुनाइँदै गर्दा सोमबार एक समूहले तोडफोड गरेको हो । 

तोडफोडमा संलग्न केही युवालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरका डीएसपी दक्ष बस्नेतले जानकारी दिनुभयाे ।

कम्पनीले आफूखुसी निर्णय गरेको, सेवा सुविधा नदिएको, राइडिङ्ग बापतको कमिसन समेत धेरै लिएर कामदार मार्ने काम गरेकोलगायतको आरोप लगाउँदै राइडरहरु आन्दोलित हुँदै आएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.