चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा - pharaksandesh.com

मुख्य समाचार


Sunday, 13 December 2020

चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा


काठमाडौँ, २८ मङ्सिर :
झापा चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइनको रुट पहिचान अन्तिम चरणमा पुगेको छ । सर्भे सम्पन्न गरी तीनवटा रुटमध्ये उपयुक्त रुटको पहिचान गर्ने क्रममा नेपाल आयल निगम रहेको छ । रुटको पहिचानपछि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) निर्माणको प्रक्रियामा जाने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।

चारआली—सिलगुडी पेट्रोलियम पाइप लाइन भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइको हुनेछ । प्रवक्ता उपाध्यायले भन्नुभयो, “चारआली–सिलगुडी पेट्रोलियम पाइप लाइन अहिले सर्भे सम्पन्न गरी रुटको पहिचान गर्ने काममा छौँ । हामी प्रारम्भिक चरणमै छौँ र प्रारम्भिक चरणको काम नै भइरहेको छ । ”

पाइप लाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिने छ । भण्डारण क्षमता वृद्धि गरिने छ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटरको भण्डारण क्षमता निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको निगमले जनाएको छ ।

चारआलीमा मट्टीतेल, डिजेल, पेट्रोल र एपीएफको भण्डारणका लागि १५ वटा ट्याङ्की निर्माण हुने छन् जसमा तीनवटा अन्डरग्राउन्ड हुने छन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना निर्माण हुने छन् । 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.