संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक बालुवाटारमा शुरु - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

संसदमा प्रतिनिधित्व गर्ने दलको संयुक्त बैठक बालुवाटारमा शुरु


काठमाडौं, २३ मंसिर  :
संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको संयुक्त बैठक शुरुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक साढे ११ बजेबाट शुरुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा भएको बैठकमा उहाँले सबै दलका नेताहरुलाई स्वागत गर्नुहुँदै बैठकको उद्देश्यबारे प्रकाश पार्नुभएको छ । पछिल्लो समय संविधान विरोधी र हिंसात्मक गतिविधिहरु बढ्दै गएपछि त्यसमा छलफल गरी साझा धारणा बनाउन बैठक आव्हान गरिएको प्रधानमन्त्रीले प्रष्ट पार्नुभएको प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

सोहीअनुसार बैठकमा अहिलेसम्म भएका राजनीतिक उपलब्धी र त्यसको रक्षा, कोभिड १९ ले पारेको समस्या र त्यसको नियन्त्रणबारेमा समेत दलहरुबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले बताउनुभयो । बालुवाटारमा बैठक जारी छ ।

संसदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, नेपाल (जसपा), राप्रपा, जनमोर्चा र नेककिपाको प्रतिनिधित्व रहेको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.