मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहले हत्या गरेको आशंका - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

मोरङमा शिक्षकको गोली हानी हत्या, विप्लव समूहले हत्या गरेको आशंका


मोरङ, २३ मङ्सिर : मोरङको मिक्लाजुंगमा एकजना शिक्षकको हत्या भएको छ । 

बिहान ५ बजे पहिचान नखुलेको समूहले मोरङको मिक्लाजुङ-१ रमितेको बर्खेमा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या गरेको मिक्लाजुङ गाउँपालिकाकी उपप्रमुख सरला राईले जानकारी दिनुभयो । ६-७ जनाको समूहमा आएका मानिसहरुले शिक्षक श्रेष्ठको हत्या गरेको उहाँले बताउनुभयो ।

हातहतियारसहित आएको समूहले शिक्षक श्रेष्ठलाई गोली प्रहार गरेको स्थानीय बासिन्दालाई उदृत गर्दै उपप्रमुख राईले बताउनुभयो । बिहान भएको घटनापछि गएको प्रहरी टोली दिउँसो १२ बजेसम्म पनि घटनास्थलमा पुगेको छैन । घटनास्थल मोरङको दुर्गम बस्तीमा भएको हो ।

घटनास्थल पुग्न रमितेखोलाबाट हिँडेर ३ देखि ४ घण्टा लाग्छ । घटनास्थलमा प्रहरी पुगेपछि मात्रै थप जानकारी आउने मोरङ प्रहरी उपरीक्षक सन्तोष खड्काले बताउनुभयो । शिक्षक श्रेष्ठको विप्लव माओवादीले हत्या गरेको हुनसक्ने आशंका गरिएको छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.