काठमाडाैँ, १४ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वभौम अधिकार अपहरण भएको टुलुटुलु हेरेर बस्न नसकिने बताउनुभएको छ ।
केपी शर्मा ओलीको यो कदमविरुद्ध जुनसुकै कदम अघि बढाउन आफू तयार रहेको उहाँको भनाइ छ । प्रतिनिधिसभा विघटनको विरुद्धमा प्रचण्ड-नेपाल समूहले काठमाण्डौमा गरेको विरोध प्रदर्शनमा उहाँले ओलीको कदमविरुद्ध जुनसुकै कदम अघि बढाउन पनि आफू तयार रहेको बताउनुभयो ।
ओलीलाई आफूले बुझ्न नसकेको भन्दै उहाँले आम नागरिकसँग माफीसमेत माग्नुभयो । ओली गणतन्त्रवादी आन्दोलनको पक्षमा छैनन् भन्ने थाहा हुँदाहुँदै पनि आफूले जे-जे भन्यो त्यहीत्यही गर्दै अघि बढ्दा समस्या भएको बताउनुभयो।
उहाँले ओलीप्रति इङ्कित गर्दै भन्नुभयो, - ‘हामी त्यसै छाड्नेवाला छैनौँ, तपाईले के-के गर्नुपर्ने हो गरे हुन्छ ।’ ओली निरङ्कुश तानाशाह रहेको र ओलीको कदमले देशलाई भड्खालो हाल्न चाहेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले देश भड्खालोमा गएको आफूहरुले चुप लागेर बस्न नहुने बताउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टीका लगाएको आरोप लगाउँदै उहाँले अहिले पनि संसद भंग नभएको दाबी गर्नुभयो ।

No comments:
Post a Comment