पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुदृढ भएर जान्छ: गृहमन्त्री थापा - pharaksandesh.com

मुख्य समाचार


Monday, 14 December 2020

पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुदृढ भएर जान्छ: गृहमन्त्री थापा


चितवन, २९ मङ्सिर :
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सडकमा निस्केका व्यवस्थाविरोधी जुलुसका कारणले प्राप्त उपलब्धिलाई केही असर नगर्ने बताउनुभएको छ ।

प्रेस संगठन चितवनले सोमबार भरतपुर विमान स्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अहिलेको व्यवस्था र सरकार विरोधी गतिविधिले केही फरक पर्दैन उनीहरुका मृगतृष्णा मात्रै भएको बताउनुभएको छ । राजावादीहरुको गतिविधि व्यवस्था विरोधी र प्रतिपक्षले सोमबार गर्न लागेको प्रदर्शन सरकारविरोधी भएको बताउनुभयो । पछिल्लो समय कोभिडले उत्पन्न गरेको संकटबाट संविधानविरोधी शक्तिहरु व्यवस्था प्रणाली र संविधानलाई उल्ट्याउने अवसर आएको भन्ने निष्कर्षमा पुगेको उहाँले बताउनुभयो । थापाले भन्नुभयो ‘त्यही अनुसार उनीहरुले यो राजनीतिक उपलब्धिलाई उल्ट्याउनका लागि सक्रिय भएको देखिन्छ ।’

राजावादीहरुको गतिविधिहरु र अरु शक्तिहरु पनि सतहमा अाइरहेको भन्दै उहाँले सरकार विरोधी पनि अहिले सलबलाईरहेका छन् । यसै सन्दर्भमा प्रतिपक्षले देशव्यापी रुपमा सोमबार सरकार विरोधी प्रदर्शन गर्दैछ ।” उहाँले भन्नुभयो “उनीहरुले सरकारलाई उल्ट्याउने र व्यवस्थालाई विस्तापित गर्ने सपना देखेका छन्, त्यो पूरा हुन सक्दैन ।” नेपाली जनताले उनीहरुको सपनालाई कदापि पूरा हुन नदिने उहाँको भनाई छ । राजावादीहरु गणतन्त्र विरोधी भएको र विप्लव समूह यो व्यवस्था स्थापित गरेर उनीहरुको भाषामा समाजवादी क्रान्ति गर्ने भन्ने रहेको उहाँले बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य समेत रहनुभएका थापाले पार्टीभित्रको विरोधलाई स्वाभाविक प्रक्रिया भएको बताउनुभयो । उहाँले भन्नुभयो “यो मतभेदले सरकार र पार्टीलाई अझै बढी सुदृढ गर्छ ।” अहिलेको जारी स्थायी कमिटीको बैठकले पार्टीभित्रको समस्या समाधान गर्ने भन्दै उहाँले थप्नुभयो “पार्टी फुट्ने त प्रश्नै उठ्दैन अरु सुदृढ भएर जान्छ ।”

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.