काठमाडाैँ, २६ मङ्सिर : टाटा मोटर्सको नेपालको लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले ‘डिसेम्बर ब्लेजिङ एक्सचेन्ज’ कार्यक्रम गर्ने भएको छ ।
सिप्रदीले शुक्रबार (आज) र शनिबार (भोलि) ‘डिसेम्बर ब्लेजिङ एक्सचेन्ज’ कार्यक्रम गर्ने भएको हो ।
कार्यक्रममा ग्राहकले गाडीको टेस्ट ड्राइभ, एक्सचेन्ज सुविधालगायतमा विशेष अफर पाउने कम्पनीले जनाएको छ । यस्तै हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार, नगद छुट, एक्सचेन्जमा ५० हजार रुपैयाँसम्मको बोनस, एक वर्षको सडक दस्तुर, ग्राहकलाई रिफ्रेसमेन्ट जस्ता अफर कार्यक्रमको मुख्य आकर्षण रहेको सिप्रदीले जनाएको छ ।
काठमाडाैँको थापाथलीमा रहेको टाटा मोटर्सको शो रुममा हुने कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म चल्ने छ ।
कार्यक्रममा सहभागी हुनेले टाटाका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू– अल्ट्रोज, एचफाईभ, नेक्सन, टियागो र टिगोरलगायतका गाडीहरू अवलोकन तथा टेस्ट ड्राइभ गर्न सक्ने व्यवस्था गरिएको छ ।
No comments:
Post a Comment