सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 8 December 2020

सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर


काठमाडौं, २३ मङ्सिर : 
विश्वकै सर्वोच्च शिखर सगरमाथाको पछिल्लो उचाई सार्वजनिक भएको छ ।सगरमाथाकाे नयाँ उचाइ ८८४८.८६ मिटर कायम भएकाे छ । 

मङ्गलबार नेपाल र चीन बीचकाे संयुक्त बैठकले सगरमाथाकाे नयाँ उचाइ घाेषणा गरेकाे हाे ।

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नयाँ उचाइ सार्वजनिक गर्न लागिएको हो । दुई वर्ष अघिदेखिको सर्वेक्षणबाट प्राप्त विवरण चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भइ सगरमाथाको उचाइ सार्वजनिक गर्न लागिएको नापी विभागले जनाएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङ गएकाे वर्ष नेपाल भ्रमणमा आएको बेला सगरमाथाको उचाइ संयुक्त रूपमा घोषणा गर्ने सहमति भएको थियो । दुवै देशमा एकै पटक सगरमाथाको उचाइ सार्वजनिक गरिने छ । आधुनिक तथा परम्परागत दुवै विधि अवलम्बन गरी सगरमाथाको उचाइ मापन गरिएको हो ।

यसअघि भारतले सन् १९५४ मा सगरमाथाको उचाइ मापन गरेको हो । त्यतिबेलाको मापनमा प्राप्त उचाइ आठ हजार आठ सय ४८ मिटरलाई नेपालले मान्यता दिएको छ । सन् १९९९ मा अमेरिकाले र सन् २००५ मा चीनले सगरमाथाको उचाइ मापन गरेका थिए ।

अमेरिकाको मापनमा आठ हजार ८५० मिटर उचाइ निस्किएको थियो भने चीनले गरेको मापनमा आठ हजार ८४४ मिटर थियो । चीनले गरेको मापनमा हिउँलाई घटाएर चट्टान भागको मात्र उचाइ लिइएको थियो । यसपटक हिउँ सतहसहित सगरमाथाको मापन गरिएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.