कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला - pharaksandesh.com

मुख्य समाचार


Thursday 10 December 2020

कांग्रेस महाधिवेशन फागुनमा सम्भव छैनः महामन्त्री डा कोइराला


चितवन, २५ मङ्सिर :
नेपाली कांगे्रसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको महाधिवेशन फागुनमा सम्भव नभएको बताउनुभएको छ । पत्रकारसँग यहाँ आज कुरा गर्दै डा कोइरालाले क्रियाशील सदस्यता वितरणदेखि दावीविरोधलगायत काम गर्न बाँकी रहेकाले तोकिएका समयमा महाधिवेशन सम्भव नरहेको स्पष्ट गर्नुभयो । 

यी सबै काम गर्नका लागि पनि अझै समय लाग्ने भएकाले पार्टीको महाधिवेशन चैत अन्तिम साता वा वैशाखमा गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “मङ्सिर मसान्तसम्म जिल्लाबाट क्रियाशील सदस्य आउनुप¥यो । त्यसमा दावी विरोध हुन्छ । त्यसलाई समय दिनुप¥यो ।” महाधिवेशनमा आफू कुन पदमा लड्ने भन्ने विषयमा टुङ्गो लागिनसकेको उहाँको भनाइ थियो । पार्टीभित्रका जिम्मेवार व्यक्तिसँग कुरा चलिरहेकाले छलफलबाट उम्मेदवार टुङ्गो लगाइने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यकर्ताको चाहना मलाई सभापति भएको देख्ने छ । रामचन्द्रजी, प्रकाशमानजी, शेखर दाइ, सुजातालगायत जिम्मेवार व्यक्तिसँग छलफल भएको छैन ।”

कुराकानीका क्रममा उहाँले अहिलेका अवस्थामा कांग्रेस सरकारमा नजाने स्पष्ट गर्नुभयो । सरकारमा जाने हो भने पार्टीलाई ठूलो घाटा लाग्ने सङ्घीय सांसद डा कोइरालाको भनाइ थियो ।(रासस)

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.