वृद्धाको हत्या, अभियुक्त पक्राउ - pharaksandesh.com

मुख्य समाचार


Thursday 10 December 2020

वृद्धाको हत्या, अभियुक्त पक्राउ


झापा, २५ मङ्सिर :
झापाको मेचीनगर नगरपालिका–१३ चारआलीमा एक वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाका अनुसार अर्जुनधारा नगरपालिका–११ की ७० वर्षीया माइना हस्दाको हत्या भएको हो ।

प्रहरीले हत्यामा संलग्न भद्रपुर नगरपालिका–४ का ३५ वर्षीय विशाल बिर्जालाई पक्राउ गरिएको जनाएको छ । अभियुक्त बिर्जाले नै आज बिहान प्रहरीलाई चारआलीको पाउँ पाथिभरा मन्दिर अगाडि राजमार्गको कल्भर्टमुनि महिलाको शव रहेको जानकारी दिएका थिए । 

प्रहरीले शङ्का लागी केरकार गर्दा बिर्जा आफँैले बुधबार राति वृद्धाको बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएको जनाइएको छ । बुधबार राति ९ बजेतिर चारआली चोकबाट फकाइफुल्याई राजमार्गको कल्भर्टमुनि लगी बलात्कार गरेर घाँटी थिची हत्या गरेको अभियुक्तले बयान दिएको सूचना अधिकारी थापाले बताउनुभयो । घटनास्थलमा पुगी प्रहरीले थप अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.