सजगता अपनाएर मात्रै लगानी गर्नुस् : बोर्ड - pharaksandesh.com

मुख्य समाचार


Tuesday, 1 December 2020

सजगता अपनाएर मात्रै लगानी गर्नुस् : बोर्ड


काठमाडौँ, १६ मङ्सिर :
पछिल्ला दिनमा शेयर बजारमा नेप्से लगातार उकालो लागेपछि नियमक निकाय नेपाल धितोपत्र बोर्डले सजगता अपनाएर मात्रै धितोपत्रमा लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको छ । 

बोर्डका प्रवक्ता निरज गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानको पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्थाको विश्लेषण गरेर मात्रै लगानी गर्न आग्रह गर्नुभयो । 

बोर्डका प्रवक्ता गिरीले आज जारी गर्नुभएको विज्ञप्तिअनुसार संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम बहन गर्न सक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदिलाई समेत दृष्टिगत गरी सुझबुझपूर्ण रुपमा लगानी गर्न लगानीकर्तालाई आग्रह गर्नुभयो । 

धितोपत्रको प्राथमिक बजारमा कूल आठ लाख लगानीकर्ता रहेका छन् । हितग्राही खाताको सङ्ख्या २१ लाख ८० हजार मात्रै रहेको छ । उक्त सङ्ख्या कूल जनसङ्ख्याको ७.२५ प्रतिशत रहेको बोर्डको भनाइ छ । यस्तै नेप्सेको अनलाइन कारोवार प्रणालीबाट ८५ प्रतिशत बढी कारोवार हुने गरेको छ । पछिल्ला दिनमा दोस्रो बजारमा कारोवार करम र नेप्से परिसूचक हालसम्मको उच्च अङ्कमा रहन गएको छ । जुन समग्र पूँजी बजारका लागि खुसीको विषयसमेत भएको बोर्ड प्रवक्ता गिरीले जानकारी दिनुभयो । 

लगानीकर्ताले पूँजी बजारका केही स्थापित मूल्य र मान्यता अनुरुप सूचीकृत सङ्गठिन संस्थाको वित्तीय अवस्था, ती संस्थाको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै वित्तीय तथा आर्थिक परिसूचाङ्क लगायतका विवरणको विश्लेषण गरी लगानी गर्नु उत्तम हुने बोर्डको भनाइ छ ।(रासस) 

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.