नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, एक महिनामै तोडियो रेकर्ड - pharaksandesh.com

मुख्य समाचार


Thursday, 31 December 2020

नेप्से अहिलेसम्मकै उच्च विन्दुमा, एक महिनामै तोडियो रेकर्ड


काठमाडाैँ, १६ पुस :
शेयरबजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव २१ प्रतिशतले बढेर २ हजार ८७ दशमलव २७ विन्दुमा पुगेको छ ।

यो नेपाली शेयरबजारको इतिहासमै सबैभन्दा उच्च विन्दु हो । यसअघि नेप्से गएको मंसिर १७ गते सबैभन्दा धेरै २ हजार ७१ विन्दुमा पुगेको थियो । आज निर्जीवन बीमा समूह बाहेक अरु सबै समूहको शेयर बढेको छ । व्यापार समूहको शेयर १ सय ८७ अंकले, जीवन बीमा समूहको शेयर १ सय ७२ अंकले, बैंक समूहको ३० र अन्य समूहको शेयर २३ अंकले बढेको छ ।

२ सय ७ कम्पनीका १ करोड ११ लाख कित्ता शेयर ५ अर्ब ७० करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको ४६ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । साल्ट ट्रेडिङ कम्पनीका लगानीकर्ताले १० प्रतिशत कमाएका छन् । समग्र बजार बढे पनि नारायणी विकास बैंकका शेयरधनीले झण्डै ४ प्रतिशत गुमाएका छन् ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.