प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख सापकोटा - pharaksandesh.com

मुख्य समाचार


Thursday, 31 December 2020

प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार छैन : सभामुख सापकोटा


काठमाडाैँ, १६ पुस :
सभामुख अग्नी सापकोटाले परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताउनुभएको छ ।

विभिन्न चार राजनीतिक दलमा आबद्ध महिला संगठन र सांसदहरुको ध्यानाकर्षंणपत्र बुझ्दै उहाँले यसअघि पुस ८ गते नै आफूले वक्तव्य मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताउनुभयो । उहाँले संविधानको रक्षा, देश र नागरिकको अधिकतम हितमा आफू सँधै समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गर्नु भयो ।

उहाँले आफूले यस सन्दर्भमा देशका समग्र पक्षसँग सुझाव लिदै परामर्श गरिरहेको बताउनुभयो । भेटमा महिला संगठनका प्रतिनिधि र सांसदहरुले प्रतिनिधिसभा पुनः स्थापना गर्नुपर्ने माग गरेका थिए । यस्तै महिला संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनको घोषणा खारेज हुनुपर्ने बताएका छन् ।

यदि यो प्रतिनिधि सभालाई पुनः ब्युताउन सकिएन भने आम नागरिकको भावना विपरीत हुने उनीहरुले बताएका छन् । अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापा, समाजवादी महिला संघका अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन र विवेकशिल शाझा महिलाका अध्यक्ष समिक्षा बाँस्कोटाको संयुक्त ध्यानाकर्षणपत्र सभामुख सापकोटालाई बुझाइएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.