काठमाडौँ, २९ मङ्सिर : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट सरकारबाट जनता दिक्क भएको बताउनुभएकाे छ । उहाँले सरकारका गलत कार्यशैलीका कारण काँग्रेस आन्दोलनमा होमिनुपरेको बताउनुभयाे । उहाँले लोकतन्त्रको रक्षाका निम्ती काँग्रेसले देशभर प्रदर्शन गरेको पनि बताउनुभयाे । सोमबार मकवानपुरको हेटौंडामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले अहिले कम्युनिस्ट सरकार र त्यसका प्रधानमन्त्री केपी ओलीको रवैयाका कारण सडकमा ‘राजा आउ देश बचाउ’ भन्ने नारा लागेको समेत बताउनुभयाे ।
‘अहिले राजा आउ देश बचाउ भन्दै सडकमा हिँडेको देखिन्छ । यो किन भयो ? यो पनि कम्युनिस्ट सरकार र ओलीकै कारण भएको हो’, पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाको भनाई छ । उहाँले कम्युनिस्टहरुले एकदलीय सर्वसत्तावादी शासन लागू गरेको भन्दै कोरोनाको औषधी उपचार गर्नुपर्ने सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाउनुभयाे ।
उहाँले कोरोनामा पनि घुस खाने काम सरकारका जिम्मेवजार व्यक्तिहरुले गरेको तथा हत्या र बलात्कारमा संलग्नहरुलाई कारवाही गर्नुको साटो सरकारले नै संरक्षण गरेको बताउनुभयाे । ‘कञ्चनपुरकी बालिकाको बलात्कार गर्नेलाई पक्राउ गरेको छैन । पार्टीको संलग्नता छैन भने किन वलात्कारीलाई यो सरकारले पक्रेन ?’ देउवाले प्रश्न गर्नुभयाे । उहाँले आफुले चुनावताका कम्युनिस्टले जिते रुन पनि नपाइने भनेको प्रसंग कोट्याउदै अहिले त्यसवेलाको भनाई प्रमाणित भएको दावी गर्नुभयाे ।
No comments:
Post a Comment