मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग स्पष्टीकरण माग - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदसँग स्पष्टीकरण माग


माेरङ, १३ पुस :
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्ताव दर्ता गर्ने सांसदहरूलाई स्पष्टीकरण सोध्नुभएको छ ।

प्रदेश सभा र संसदीय दलमा अविश्वासको प्रस्ताव पेस गर्ने १९ जना प्रदेश सभा सदस्यहरूलाई कारबाही किन नगर्ने भन्दै दलका नेता राईको निर्देशनमा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोमबार २४ घण्टे स्पष्टीकरण सोध्नुभएको हो । 

आइतबार नेकपाको प्रदेश सभामा राईलाई मुख्यमन्त्रीबाट हटाउन प्रदेश सभामा सांसदहरूले अविश्वास प्रस्ताव पेस गरेका थिए । संसदीय दललाई जानकारी नगराइ संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेकाले त्यस प्रस्ताव फिर्ता गर्न र स्पष्टीकरण पेस गर्न दलका नेता राईले निर्देशन दिएकाे राजभण्डारीले जानकारी दिनुभयो ।

स्पष्टीकरण पत्रमा ‘संसदीय दलका सदस्य इन्द्रबहादुर आङ्बो प्रस्तावक र लछुमन तिवारी समर्थक भइ आफ्नै दलका नेता शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नुभएको हुँदा संविधान र संसदीय दलको विधानबमाेजिम किन कारबाही नगर्ने’, भनिएको छ । 

२४ घण्टाभित्र प्रस्ताव फिर्ता गरी स्पष्टीकरण नबुझाएमा संविधान, राजनीतिक दलसम्बन्धी ऐन, कानुन र दलको विधानबमोजिम कारबाही हुने स्पष्टीकरण पत्रमा उल्लेख छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.