प्रधानमन्त्री ओलीले अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने : सुरेन्द्र पाण्डे - pharaksandesh.com

मुख्य समाचार


Monday 28 December 2020

प्रधानमन्त्री ओलीले अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने : सुरेन्द्र पाण्डे


काठमाडाैँ, १३ पुस :
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे प्रचण्ड–नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अदालतले प्रतिनिधि सभा विघटनको पक्षमा फैसला गरे प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला अदालत विघटन गर्न सक्ने धृष्टता गर्न सक्ने बताउनुभएको छ । 

नेकपा निकट जनसांस्कृतिक महासङ्घले सोमबार काठमाण्डौमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता पाण्डेले प्रधानमन्त्री ओलीले कुनै पनि बेला अदालत विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लैजान सक्ने बताउनुभएको हो । संविधान विपरीत काम गर्नेको पक्षमा अदालतले फैसला दिने हो भने प्रधानमन्त्री ओलीलाई अदालतसमेत विघटन गर्न सक्ने अधिकार छ भनेर भन्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘यदि प्रधानमन्त्रीले अदालत भङ्ग गरिदिएँ भनेर राष्ट्रपतिलाई सही गराएर अदालत भङ्ग हुन्छ ? यदि अहिलेको यो संसद् विघटनको कुरालाई अदालतले मान्यता दिने हो भने अदालतले के कुरा पर्खेर बसे हुन्छ भने अदालत भङ्ग गर्ने कुरा पनि प्रधानन्त्री केपी ओलीलाई छ भनेर भन्नुपर्ने हुन्छ ।’

यस्तै नेता पाण्डेले प्रधानमन्त्री ओलीको पार्टीको केन्द्रीय सदस्य बढाउने कदमलाई माछा बजारको संज्ञा दिनुभएको छ । पार्टीमा रहेका केही नेताको समूहले केन्द्रीय कमिटीको सङ्ख्या बढाउन सक्ने अधिकार राख्न नसक्ने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले गठन गरेको केन्द्रीय कमिटीलाई माछा बजार भन्नुभएको हो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.