कैलाश मानसरोवर दर्शनका लागि अन्य सम्भाव्यता अध्ययन गर्न सुझाव - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

कैलाश मानसरोवर दर्शनका लागि अन्य सम्भाव्यता अध्ययन गर्न सुझाव


हुम्ला, १७ मङ्सिर :
संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेशकुमार भट्टराईले देशका ५५ विमानस्थलमध्ये सम्भावना भएकालाई प्राथमिकताका साथ अगाडि बढाइने बताउनुभएको छ ।

सिमकोट विमानस्थलको अनुगमनका लागि यहाँ आउनुभएका मन्त्री भट्टराईले हुम्लाबाट कैलाश मानसरोवरको दर्शन गर्न अन्य सम्भाव्यता अध्ययन गर्नुपर्ने र हुम्लीको विकासका लागि गुरुयोजना बनाउन आग्रह गर्नुभयो ।

मन्त्री भट्टराईले सिमकोट विमानस्थलको अनुगमन गर्नुका साथै नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता तथा कार्यकर्तासँग भेटघाट गर्नुभयो । उहाँले प्रतिनिधिसभाका सदस्य छक्कबहादुर लामा, नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी, जिल्ला अध्यक्ष लालकेश जैसी, कर्णाली प्रदेशका प्रमुख प्रतिपक्ष दलका नेता जीवनबहादुर शाहीलगायत नेतासँग भेटी हुम्लाको संस्कृति, प्रकृति, मोटरबाटोलगायत विषयमा जानकारी लिनुभयो ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.