यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 2 December 2020

यूएई लगायतका देशमा श्रम गर्न भिजिट भिसामा नजान विभागको आग्रह


काठमाडाैँ, १७ मङ्सिर :
यूएई लगायतका कुनै पनि देशमा श्रम गर्न भिजिट भिसामा नजान वैदेशिक रोजगार विभागले अनुरोध गरेको छ ।

यूएई लगायतका विभिन्न देशमा राम्रो काम र सेवासुविधाको प्रलोभनमा भिजिट भिसामा पठाएका श्रमिकहरु ठगीमा पर्ने क्रम सुरु भएको भन्दै प्रलोभनमा परी भिजिट भिसामा वैदेशिक रोजगारीमा नजान विभागले अनुरोध गरेको हो । 

यसरी श्रमिक पठाउनमा विभिन्न व्यक्ति र संस्था संलग्न भएकोप्रति ध्यानकर्षण गर्दै विभागले गैरकानुनी रुपमा श्रमिक पठाउने काम नगर्न र नगराउन पनि आग्रह गरेको छ । यसरी परदेश गएकाहरु ठगीमा परेर विभागमा उजुरी पर्न थालेको छ । 

भिजिट भिसामा परदेश गएर काम गर्दा कुनै मानसिक र शारीरिक हिंसा भएमा वा कुनै कानूनी अप्ठेरो परेमा व्यक्ति स्वयम नै जिम्मेवार हुनपर्छ ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.