जलबिरे चण्डिभञ्याङ ग्रामिण सडकमा चल्ने ४ च ५०५० नम्वरको बोलेरो अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् ।
अहिले घाइतेको उद्दार गरी उपचारको लागि भरतपुर पठाइएको छ। मृत्यु हुनेहरुमा बोलेरो चालक चितवन इच्छाकामना गाउँपालिका ६ बस्ने बर्ष ३० का निर्मल गुरुङ र बर्ष ५० की खिमा कुमारी गुरुङ छन् ।
नयाँ मेडिकल कलेजमा उपचार भैरहेका घाइतेहरुमा इच्छाकामना ६ बस्ने ५० बर्षीया चन्द्रमायाँ चेपाङ, २२ बर्षीया कबिता चेपाङ, २० बर्षीया सुकमती चेपाङ छन । यसैगरी, ५१ बर्षीय तिलक बहादुर गुरुङ , ५२ बर्षीया तुलिमाया गुरुङ , बर्ष ४६ की सिता गुरुङ र बर्ष ३७ को बालकृण्ण भट्टराइ पनि घाइते भएर चितवनको नयाँ मेडिकल कलेजमा उपचाररत छन ।
यसैगरी, पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेका घाइतेहरुमा इच्छाकामना ६ बस्ने २३ बर्षीया दिया क्षेत्री ,बर्ष ४० की सन्तमाया भुजेल, ३५ बर्षीया ज्योती घर्ती, ३८ बर्षीया मिनमाया गुरुङ र बर्ष ३५ कि पुतली माया गुरुङ रहेको चितवनका प्रहरी प्रवक्ता डिएसपी सुर्य थापाले जानकारी दिनुभएको छ।
No comments:
Post a Comment