गोरखाको तान्द्राङ नजिकै सिमलाफेदमा बस दुर्घटना, ५ जना गम्भीर घाइते - pharaksandesh.com

मुख्य समाचार


Wednesday, 16 December 2020

गोरखाको तान्द्राङ नजिकै सिमलाफेदमा बस दुर्घटना, ५ जना गम्भीर घाइते


गोरखा, १ पुस :
गोरखाको भिमसेन गाउँपालिकास्थित सिमलाफेद नजिकै तान्द्राङमा यात्रु बस दुर्घटना भएको छ ।
दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन । 

काठमाडौंबाट गोरखाको सोतीतर्फ जाँदै गरेको रात्रीबस आज बिहान करिव ५ बजे दुर्घटनमा परेको थियो ।

ग १ ख ९४४६ नम्बरको यात्रुबस सडकबाट २० मिटर तल खसेको थियो । दुर्घटनापछि घाइतेहरुको स्थानीय र प्रहरीले उद्दार गरेका थिए ।

घाइतेहरुको आरुघाट स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो बसमा ३५ जना यात्रु रहेको प्रहरीलाई उद्दत गर्दै हाम्रा गोरखा संवाददाता आत्माराम श्रेष्ठले जानकारी दिएका छन ।

No comments:

Post a Comment


Pages

Crafted with by Eservices Nepal Pvt. Ltd. © Pharak Sandesh Pvt. Ltd.